२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सभामुख सापकोटाविरूद्धको मुद्दा हेर्न नमिल्नेमा

१६ भदौ, काठमाडौँ ।  सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढेको थियो ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले हेर्न नमिल्नेमा परेको हो ।

सापकोटाको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १२:४६