३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै, विद्यालय सञ्चालन बारे निर्णय हुने

१६ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने बताइएकाे छ ।

जारी निषेधाज्ञाकाे अवधि  आज राति १२ बजेबाट सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने बुझिएको छ ।

पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमूख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । “उपत्यकाका केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गरीरहेको अवस्था छ । आजको बैठकमा जोखिमको मुल्याङ्कन हेरेर विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा निस्कर्ष निकाल्छौँ” उनले भने ।

प्रकाशित मिति : September 1, 2021 at 11:38 am