२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बलात्कार आरोपी मन्त्रीलाई बर्खास्त गर्न अनेरास्ववियूको माग

१६ भदाै, काठमाडाैँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बलात्कार आरोप लागेका कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष ऐन महरले बलात्कार आरोपी शाहीलाई तत्काल कारबाही गर्न र पीडितलाई न्याय दिन माग गर्नुभएको हो ।

‘बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गरी पीडितलाई न्याय प्राप्त र दोषीलाई कारबाहीको पक्षमा लाग्न कर्णालीका मुख्यमन्त्रीलाई अनेरास्ववियु अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो जघन्य अपराधका सम्बन्धमा देउवा नेतृत्वको विदेशी कम्र्फटेवल सरकारलाई समेत ध्यानाकर्षण गराउँदछौं ।’

संगठनले पीडितले न्याय नपाउँदासम्म अपराधी र त्यसको संरक्षकर्ताकोविरुद्धमा निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १०:०८