२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आज देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

१६ भदौ, काठमाडौँ । आज देशभर भारी वर्षाको सम्भावना रहेकाे माैषम विभागले जनाएकाे छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ ।

दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्ने विभागले जनाएकाे छ । राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तै बिहीबार दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ। राति प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०८:०३