२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

काेराेना अपडेटः १६६४ संक्रमित थपिए, २० जनाको मृत्यु, १७८६ संक्रमणमुक्त

१५ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९११७ जनाको पीसीआर परीक्षण गर्दा १५२३ र ३१०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४१ जना गरी थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ। सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १७:२५