३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

बाटोबाटै हराए माधव नेपालकाे पार्टीमा खुलेका सुदूरपश्चिमका २ जना सांसद

१५ भदौ, धनगढी । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका २ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्पर्कमा आएका छन् ।

बाटोबाट तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज सम्पर्कविहीन भएकोमा कुलवीर चौधरी केही समयपछि सम्पर्कमा आएका हुन् । उनी निर्वाचन कार्यालय पुगिसकेका छन् । अन्य दुई सांसदको खोजी भइरहेको समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले बताए ।

प्रकाशित मिति : August 31, 2021 at 4:56 pm