२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा (एस) को संसदीय दलको कार्यालय सिंहदरबारमा

१५ भदौ, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ । नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा (एस)लाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराएको हो ।

नेकपा (एस)का सांसद जीवनराम श्रेष्ठकाअनुसार संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको छ ।

पार्टीको चुनाव चिन्ह निक्र्यौल गर्न नसकेको नेकपा (एस)को पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन । नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरेको नेकपा (एस)का अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १४:०३