२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

१५ भदौ आगलागीबाट दम्पतीको निधन

१५ भदौ, लमजुङ । १५ भदौ आगलागी हुँदा एक दम्पतीको निधन भएको छ । मर्स्याङ्दी गाउँपालिका–९ सेग्लेमा धन्सारमा बस्दै आएका दम्पतीको निधन भएको प्रहरीले जनाएको छ ।

सोमबार मध्यराति १ बजेतिर धन्सारमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकीे श्रीमती पशुपति भन्डारीको निधन भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

प्रतिकात्मक तस्बीर ।

उनीहरुको घटनास्थलमै निधन भएको कर्कीले जानकारी दिए । घरमा राखिएको खाना पकाउने ग्याँस विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीकाअनुसार धन्सार पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ११:४३