२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

म माधव नेपालको पार्टीमा छैन, हिजो, आज र भोलि सधैँ एमाले हुँः घले

१५ भदाै, काठमाडाैँ । राजेन्द्र पाण्डेको कोठाबाट नेकपा एकीकृत समाजवादीका नाममा रसुवा कमिटीको सदस्य भनेर घोषणा गरिएकाहरूले धमाधमा आफू त्यहाँ नरहेको भनेर विज्ञप्ति नै जारी गरेका छन ।

भूगोलमा गएर कमिटी बनाउँदा १० जना पनि उपस्थित गराउन नसक्ने भएपछि मनमोहन स्वास्थ्य सहकारीमा रहेको राजेन्द्र पाण्डेको कार्यकक्षबाट नेकपा एकीकृत समाजवादीको घोषणा भएको थियो । ५१ सदस्यीय भनेर २९ जनाको नाम कनीकुथी सार्वजनिक भएकोमा त्यसमा रहेकाहरूले पनि विज्ञप्ति नै प्रकाशित गरेर आफूहरू एमाले छाडेर कतै नजाने बताएका छन ।

२९ मध्येका पाँच जनाले अहिलेसम्म उक्त कमिटीमा नरहेको जनाइ सकेको नेकपा एमाले रसुवाले जनाएको छ । सोमबार साँझ अबेर कृष्ण बहादुर घलेले पनि आफू एमाले भन्दा बाहिर नरहेको बताएका छन ।

उनले नेकपा एकीकृत समाजवादीका सचिव शिव लामिछानेले आफ्नो नाम दुरूपयोग गरेर कमिटीमा भनेर प्रचार गरेको गम्भीर आपत्ति जनाउँदै घोर भत्सर्ना गरेका छन । उनले आज भोलि र पर्सी जहिल्यै पनि आफू एमालेमै रहने बताएका छन ।

यो पनि पढ्नुहोस्

नेता समेत नपाएपछि माधव नेपालको रसुवा पार्टी राजेन्द्र पाण्डेको च्याम्बरबाट घोषणा

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ०७:१४