३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

माओवादीको सदस्यता नलिएको भन्दै शिक्षक मल्ललाई ज्यान मार्ने धम्की


१५ भदाै, काठमाडाैँ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ स्थित श्री सरस्वती माध्यामिक विद्यालय घरेलिचौरमा प्राथमिक तहको स्थायी शिक्षक मोहन मल्ललाइ माओवादीले सदस्यता नलिएको भन्दै दुःख दिएको छ ।

शिक्षक मल्लले एक विज्ञप्ति प्रकाशित गरी माओवादीले आफूलाइ  सदस्यता लिन दबाब दिएको बताएका हुन् । उनले आफू राजनीति भन्दा पनि पेशाप्रति इमान्दार भै लागेको र यसअघि नै नेकपा एमाले निकटको शिक्षक संगठनको सदस्य रहेका कारण माओवादी निकटको शिक्षक संगठनको सदस्य बन्न अस्वीकार गरेको बताएका छन ।

माओवादी निकट संगठनको सदस्यता नलिने भनेपछि आफूमाथि ज्यानमार्ने र जागिरबाट बर्खास्त गर्ने धम्की दिएको मल्लले बताएका छन । उनले धम्की दिएर आफूलाइ पार्टीको सदस्यता लिन लगाएर करकापमा पारेर फोटो समेत खिचेर सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आपत्ति जनाएका छन। उनले आफू एमालेकै शुभेच्छुक रहेको र माओवादीमा प्रवेश नगरेको जानकारी दिँदै जिउधनको सुरक्षाको माग गरेका छन ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ०६:३५