२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

माओवादीले मधेशमा छिट्टै कब्जा जमाउँछः अध्यक्ष प्रचण्ड

१४ भदाै, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल‘प्रचण्ड’ ले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दावी गरेका छन् । सोमबार काठमाडाैँकाे जाेरपाटीमा आयोजित सर्लाही-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले मधेशमा अरु पार्टीले नभइ माओवादीले कब्जा जमाउने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन् , ‘ आज तपाईँहरूको पार्टी प्रवेशले के शक्तिशाली सन्देश दिएको छ भने अब मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउँदैछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

त्यस्तै, प्रचण्डले माओवादी देशकै पहिलो पार्टी नबनेसम्म देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गरेका छन् । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ’उनले भने ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १८:०१