२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मेयरलाई फोहोर उपहार भन्दै महानगरपालिका अगाडि फोहोर फालेर प्रदर्शन

१४ भदाै, काठमाडौं । केही सातादेखि काठमाडाैँकाे चोकचोकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौँ महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । सोमबार युथ कांग्रेस नेपालले  सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो ।

लगातारको झरीले फोहोर कुहिँदा दुर्गन्धसमेत फैलिएको भन्दै चाँडो फोहोर उठाएर सफाइमा ध्यान दिन काठमाडौँ महानगरपालिकालाई दबाब बढ्न थालेको छ । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । युवाहरूले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार भन्दै महानगरको गेटमा लगेर फोहोर थुपारेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १६:१३