२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको स्कारपिओ भीरबाट खस्यो

१४ भदाै, वैतडी । बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बा१२च४२४० नम्बरको स्कारपिओ सोमबार बिहान साढे सात बजे बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकमा दुर्घटना भएको हो ।

र्दुघटनामा चालक हरिश बोहरा घाइते भएका छन् । उनको खोचलेकस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ महेन्द्रनगर फर्किने क्रममा दुर्घटना भएको हो । स्कारपिओमा सवार अर्का यात्रु दानसिंह भाट सकुशल छन्

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ०९:३२