काठमाडौँ उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि
१३ भदाै, काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१२ जना, ललितपुरमा ११४ जना र भक्तपुरमा ५२ जना गरी उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
काठमाडौँ उपत्यकामा हाल ८९७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौँ जिल्लामा ५२९८ जना, भक्तपुरमा १३५१ जना र ललितपुरमा २२२५ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १७:४१