२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रचण्ड र माओवादीलाई निराश पार्ने माधव नेपालको त्यो अभिव्यक्ति

१३ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एकताको आशा बोकेर सहयोग गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका कार्यकर्ता निराश पार्ने अभिव्यक्ति दिएका छन ।

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् । उनले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताइरहँदा प्रचण्ड र उनका कार्यकर्ता भने चुनाव अघि नै एकता हुने भन्दै खुशी बाँड्ने र नेपालले नयाँ पार्टी गठन गरेर राम्रो गरेको भन्दै गीत गाइरहेका छन ।

पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए । आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए ।

नेपालले एमालेमा रहेका कार्यकर्ता तान्नका लागि यस्तो चलाखीपूर्ण अभिव्यक्ति दिएको बुझिएको छ । हिजो केपी शर्मा ओलीले एकता गर्दा पनि माओवादीसँग मिल्न धेरै कार्यकर्ताले रूचाएका थिएनन् । आज माधव नेपालले माओवादीमै लगेर पार्टी मिसाउछन भन्ने थाहा पएपछि दोस्रो तहका प्रभावशाली १० नेताले नेपालको साथ छाडिसकेका छन भने नेपालको प्रवक्ता मेटमणि चौधरीले नयाँ पार्टी तीन महिनाभित्र प्रचण्डको माओवादीमा विलय हुने घोषणा गरिसकेका छन ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १५:०१