२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रदेश २ मा मन्त्रीको जिम्मेवारी हेरफेर, कृषिमन्त्री साहलाई अर्थ मन्त्रालय

१३ भदौ, जनकपुरधाम ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयलाई समेत बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १३:५२