२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कालिकोटमा जीप दुर्घटना हुँदा ११ जना घाइते, हेलिकप्टरबाट घाइतेको उद्धार गरिदै

१३ भदौ, सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क१ज २३ नं.जीप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए । जीप दुर्घटना परी घाइते भएकाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीले बताए ।घाइतेको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयय कालिकोटले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १३:०३