माधव नेपाललाई भीम रावलको कडा जवाफः सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न
१३ भदौ, काठमाडौँ । माधवकुमार नेपाललाई एमाले उपाध्यक्ष डा भीमबहादुर रावलले कडा जवाफ दिएका छन । शनिबार नेता नेपालले आफूलाई रावल लगायतका नेताले धकेलेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि जवाफ दिएका हुन । ट्वीट मार्फत रावलले सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता नहुने बताएका छन ।
उनले भनेका छन, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’
प्रकाशित मिति : August 29, 2021 at 11:57 am





