२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सभामुख सापकोटा आफ्नै कुकर्मका कारण जेल जाँदैछनः कांग्रेस नेता बस्नेत

१३ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले सभामुख अग्नि सापकोटा आफ्नै कुकर्मका कारण जेल जाने अवस्थामा पुगेको बताएका छन । गृह जिल्ला सिन्धुपाल्चोक पुगेकै समयमा बस्नेतले सभामुख सापकोटा जेलमा पुग्ने अवस्थामा रहेको बताएका हुन ।

गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सभामुख सापकोटाले कीर्ते गरेर सरकारी जग्गा हडपेको र अर्जुन लामाको हत्या अभियोगमा छिट्टै जेल जाने बताए ।

‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामाको मृत्यु प्रकरण पनि फैसला गर्न बाँकी नै छ’, नेता बस्नेतले थप भने, ‘उहाँ (अग्निप्रसाद सापकोटा) ले सरकारी जग्गा धेरै ठूलो संख्यामा कीर्ते गरेर जबरजस्ती हडप्ने काम गर्नुभएको छ । यही अभियोगमा चै चाँडै जेल जाँदै हुनुहुन्छ ।’ बस्नेतले भन्नुभने, ‘सरकारी जमीन उहाँका मान्छेको नाममा पास गरिएको छ । अग्निप्रसाद सापकोटाजीको कु–कर्मको कारणले उहाँ चाँडै जेल जाँदै हुनुहुन्छ ।’

गत प्रतिनिधिसभा निर्वाचनमा सापकोटा  र बस्नेत दुबै उत्तेजक अभिव्यक्तिका कारण विवादित समेत बनेका थिए । बस्नेतले ह्याकुलाले पेल्ने अभिव्यक्ति दिएका थिए भने सापकोटाले साप्रा च्यातेर झाडीमा मिल्काइदिन्छु भन्दै एकअर्काप्रति लक्षित गरेर बोलेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार ०९:२५