२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमाले नेता एवं बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको मृत्यु

१२ भदाै, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । उपचारका लागि भेरी अञ्चल अस्पताल लैजादै गर्दा शुक्रबार बाटैमा उनकाे मृत्यु भएको हो । गतवर्ष मृगौलाको अप्रेसन गरेका यादवलाई उच्च रक्तचाप र फोक्सो सम्बन्धी समस्या पनि थियो ।

राति अस्वस्थ्य भएपछि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत रहेका यादवको अन्त्येष्टि आज दिउँसो १ बजे गरिने एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १०:३७