९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

बीपी प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले दिए राजीनामा

११ भदौ, काठमाडौँ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन् । सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्दै आफुले पदबाट राजीनामा दिएकाे उनले बताए ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको भन्‍दै प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही गर्नु पर्ने सिफारिस गरेको थियो ।

त्‍यसपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले बीपी प्रतिष्ठानमा साउन २८ गते छापा मारेको थियो ।

प्रकाशित मिति : August 27, 2021 at 5:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/