२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बागमती प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

११ भदौ, बागमती । बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार)  राति १२ बजेदेखि अन्त्य हुँदैछ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १७:१०