३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

काेराेना अपडेटः २०६५ संक्रमित थपिए, २५ जनाको मृत्यु, २३३७ संक्रमणमुक्त

११ भदाै, काठमाडौंँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८७५२ जनाको पीसीआर परीक्षण गर्दा १५७७ र ४३६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४८८ जना गरी थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ। सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 27, 2021 at 4:35 pm