२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सभापति देउवासँग निर्णायक वार्ता गर्ने पौडेल पक्षकाे निर्णय

११ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आज सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने भएको छ । शुक्रबार बिहान पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा बसेको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन देउवासँग निर्णायक वार्ता गर्ने निर्णय गरेको नेता डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

रिजालले महाधिवेशन तोकिएकै मितिमा सुरु गर्न देखिएका व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंहसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइरालालगायतकाे सहभागिता रहेकाे थियाे।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १२:३३