२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पौडेल पक्षको बैठक प्रकाशमान सिंह निवासमा जारी

११ भदौ, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी रहेकाे छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू सहभागि भएको जनाइएको छ ।

क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाललगायत सहभागि रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १०:३४