३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

सार्वजनिक यातायातको समस्यामा गम्भीर बन्न मन्त्री पाण्डेलाई महासंघको आग्रह

१० भदौ, काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्री केशव राज पाण्डेसँग भेटगरी समस्या समाधानमा गम्भीर भइदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष डोलनाथ खनाल नेतृत्वको प्रतिनिधि मण्डलले मन्त्री पाण्डेसँग सार्वजनिक यातायातले कोरोना महामारीका कारण सबैभन्दा बढी मार खेपेको भन्दै यसबाट व्यवसायमा दीर्घकालीन रूपमा पर्न सक्ने प्रभाव न्यूनिकरणका लागि सरकारले आजै राहतका केही प्याकेज घोषणा गर्नुपर्ने माग गरे ।

ज्ञापन पत्र मार्फत मन्त्री पाण्डेको ध्यानाकर्षण गराउँदै उनले सार्वजनिक यातायातका मजदुर र मालिक दुबै कोरोनाका कारण बढी प्रभावित भएको बताए । उनले सरकारले यसतर्फ ध्यान नदिने हो भने व्यवसायीले विकल्प खोज्नुवपर्ने अवस्था आउने बताए ।

महासंघको ध्यानाकर्षण बुझ्दै मन्त्री पाण्डेले बागमती प्रदेशको सरकार यस्ता विषयमा गम्भीर रहेको र कसैलाई पनि व्यवसायबाट पलायन हुन नदिइने बताए । मन्त्री पाण्डेले सरकारका  तर्फबाट गर्न मिल्ने र सकिने काममा मुख्यमन्त्रीसँग समन्वय गरी अघि बढ्ने आश्वासन दिए । उनले सार्वजनिक यातायातको महत्व सबैले बुझ्नुपर्ने भन्दै सरकारले अघि बढाएका नीति तथा कार्यक्रम अनुसार सहयोग गर्न सम्पूर्ण सरोकारवालसँग अनुरोध पनि गरे ।

सो अवसरमा महासंघका खनालसहित महासिचव भरत नेपाल, उपमहासचिव केशव नेपाल लगायत पदाधिकारी र सदस्यहरू सहभागी थिए ।

प्रकाशित मिति : August 26, 2021 at 9:44 am