३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध 

११  भदौ, चितवन । अविरल वर्षासँगैकाे पहिराे खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । सडकको  सेतीदोभान क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिका-२९ सेतीदोभानस्थित नारायणगढ मुग्लिन खण्डमा बिहीबार  राति ८ः२० बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले दुवैतर्फ आवातजावत अवरुद्ध भएको छ । यो स्थानमा असार र साउन महिनामा पनि दर्जनौ पटक पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : August 27, 2021 at 8:59 am