२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिए

१० भदौ, विराटनगर । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् । मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ ।  उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १२:१३