२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सिन्धुपाल्चोकमा बस दुर्घटना, दुई जनाको मृत्यु, ३१ घाइते

९ भदाै, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

ठोकर्पा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतले मृत्यु हुनेमा दुवै पुरुष रहेको र उनीहरूको पहिचान नखुलेको जानकारी दिए । घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए ।

वाफलबाट काठमाडौँका लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिकाको छापको घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १५:५१