२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रदीप नेपाल पनि पुगे एकीकृत समाजवादीको सनाखतमा

९ भदाै, काठमाडाैँ । एमालेबाट अलग्एिर माधवकुमार नेपाल समूहका नेताहरु नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

सनाखतका लागि प्रदीप नेपाल पनि पुगेका छन् । प्रदीप नेपालले पनि माधवकुमार नेपाललाई साथ दिएका छन् । एमाले पार्टी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका झलनाख खनाल, माधवकुमार नेपाल, प्रदीप नेपालसहितका शीर्षनेताहरु एकीकृत समाजवादी दल गठनमा लागेका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १२:०६