२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

निर्वाचन आयोग पुगे माधव पक्षका नेताहरू

९ भदौ, काठमाडौँ । माधवकुमार नेपाल पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् । आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेताहरूलाई सनाखतका लागि बुधबार बोलाएको थियो । सोही प्रयोजनका लागि माधव नेपालसहितका नेताहरू कान्तिपथस्थित आयोग पुगेका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले २० प्रतिशत केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर गरेर आजै माधव नेपाल पक्षलाई नयाँ पार्टीको प्रमाणपत्र दिने भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ११:४०