२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

२५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

८ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २०२०  जना र ४९०१ एन्टिजेन परीक्षण गर्दा ५०५ जना गरी थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । साेही अवधिमा २०८६ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १७:४०