२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कुलमान नियुक्ति प्रकरणः तीन दिनभित्र सक्कल फाइल झिकाउन सर्वाेच्चकाे आदेश

८ भदाै, काठमाडौँ । सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीको माग राखेर शाक्यले दायर गरेको रिटमामाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन दिनभित्र सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

इजलासले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल तथा प्राधिकरण र शाक्यबीच भएको सम्झौताको फाइल तीन दिनभित्र झिकाउन आदेश दिएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १६:०६