३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन


८ भदौ, काठमाडौँ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन  सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले कोराेनाकाे खोप दिएर जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै स्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा नै तत्काल कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।

काेराेना संक्रमणको जोखिम कायमै रहेको भन्दै कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १३:१३