२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सात तस्बीरमा हेर्नुहोस्, माधव समूहको रिसोर्ट बसाइ, कसैको मुहारमा देखिएन खुशी

८ भदाै, काठमाडाैँ । माधवकुमार नेपालको चन्द्रागिरी रिसोर्टको भेलामा पूर्व एमालेका ४० जना केन्द्रीय सदस्य सहभागी भएका छन । रिसोर्टमा बुधबार बिहानसम्मका लागि थुनिएका नेताका अनुसार भोलि बिहानमात्र त्यहाँबाट बाहिरिने कार्यक्रम रहेको छ । सहभागीका बीचमा अहिले माधव नेपालले घोषणा पत्र वितरण गरेका छन । तर केन्द्रीय सदस्य श्रीप्रसाद शाहले सार्वजनिक गरेको तस्बीरमा कसैको मुहारमा पनि खुशी देखिएको छैन ।

भाइ कांग्रेसको रूपमा जन्मिएको प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य नभएको भन्दै रहरलाग्दा नेताहरूले बहिष्कार गरेपछि वेदुराम भुसाल र मुकुन्द न्याैपाने जस्ता राजनीतिका लागि टेक्ने भूगोल नभएका नेताहरू दायाँ र बायाँ राखेर माधव नेपाल अघि बढेका छन  ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १०:३७