२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

लमजुङमा ६० हजारसहित सातजना जुवाडे पक्राउ

८ भदौ, लमजुङ । लमजुङ प्रहरीले सातजना जुवाडेलाई ६० हजार रुपैयाँसहित पक्राउ गरेको छ । दोर्दी गाउँपालिका-४ जितौरेमा जुवा खेलिरहेका उनीहरू ६० हजार २९५ रुपैयाँसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दोर्दी गाउँपालिकाका ६ र दूधपोखरी गाउँपालिकाका एक जना रहेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ०९:२४