२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

माधव नेपालले निकट नेतालाई अपहरणको शैलीमा चन्द्रागिरी रिसोर्ट पुर्याए, दुई दिन निस्कन नदिने

७ भदौ, काठमाडौँ । माधवकुमार नेपालले २० प्रतिशत जोगाउन कठिन हुने भएपछि प्रेम आलेको व्यवस्थापनमा आफू निकटका नेता र सांसदलाई चन्द्रागिरी हिल्स रिसोर्टमा थुनेका छन । कतिपय नेता जानेक्रम छ । करिब १०० जनाका लागि खाने बस्ने व्यवस्था गर्न अनुरोध भएको रिसोर्ट व्यवस्थापनले जानकारी दिए ।

रिसोर्टमा अन्य आगन्तुकका लागि बुक नगर्न भनिएको व्यवस्थापनले जनाएको छ । नेपालले निकटका नेतालाई अपहरणको शैलीमा रिसोर्ट पुर्याएर बन्धक बनाएका हुन । उनीहरू बुधबार बिहान निर्वाचन आयोग नजाँदासम्म त्यही बन्धक हुनेछन । उनीहरूलाई अबको ५४ घण्टा रिसोर्टबाट निस्कन प्रतिबन्ध लगाइएको छ ।

माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु मंगलबार दिनभर त्यही बस्नेछन्। नयाँ पार्टी बनाउन हस्ताक्षर गरेका एमालेका ५८ जना नेतालाई चन्द्रागिरी रिसोर्टमा बोलाइएको हो। अहिले राजेन्द्र पाण्डे र प्रेम आलेसहित करिब ४० नेता रिसोर्टमा पुगिसेको व्यवस्थापन स्रोतले जनाएको छ।

ओलीले वनमन्त्रीबाट हटाएपछि चिढिएका आले पछिल्लो समय एमालेका संस्थापन पक्षका ८ सांसदलाई देउवाको पक्षमा मत जाहेर गराउँदै फ्लोर क्रस गराउन सफल भएका थिए । उनी मन्त्री हुन लागि दाम्लो चुडाउन तयार मध्येका एक हुन । उनी मन्त्री हुन लागि ८ सांसदको जिम्म लिएर देउवा निवासमा बार्गेनिङ गर्न गएको बारेमा दैनिकीले समाचार लेखेको थियो ।

सोमबार एमालेका मध्यमार्गीधारमा रहेकाहरूले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका थिए । सोही आधारमा मंगलबार दिउँसो ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सहमितको स्थायी कमिटी बैठक बोलाइएको छ ।

भोलिको बैठकमा ६ महिनादेखि पार्टीको औपचारिक बैठकमा नगएका एमालेका उपाध्यक्षत्रय डा भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराइ र भीम आचार्य लगायत सहभागी हुनेछ । उनीहरूले सोमबार करिब चार घण्टा अध्यक्ष ओलीसँग छलफल गरेर १० बुँदेको जगमा एमालेलाई अघि बढाउने सहमति गरेका छन ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १८:१३