२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

७ भदाै, रुपन्देही । लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिँदा केसीका पक्षमा ४२ सांसदले मत दिएका हुन् । प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा सभामुखसहित ४३ जना उपस्थित बैठकमा १ जना तटस्थ रहे ।

मुख्यमन्त्री केसीलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र जसपाका सांसदले विश्वासको मत दिएका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:३५