३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले मागे विश्वासको मत

७ भदाै, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले आफुलाई  विश्वासको मत दिन आग्रह गरेका हुन् ।

अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त नगरेकाे भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको जारी बैठक बहिष्कार गरेको छ । एमालेको बहिष्कारकै बीच मुख्यमन्त्री केसीले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री केसीले सदनसमक्ष विश्वासको मत दिन माग गरेका छन् ।

लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् । एमाले ३८ जना रहेका छन् । सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाहीलाई भने प्रदेशसभाले स्वतन्त्र सांसद दावी गरेको छ ।

प्रकाशित मिति : August 23, 2021 at 5:08 pm