२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमालेको विवाद अन्त्य, भोलिको स्थायी कमिटी बैठक एकताको हुने

७ भदौ, काठमाडौँ । नेकपा एमालेको जारी लामो विवाद अन्त्य भएको छ । १० बुँदे सहमति पछि पनि त्यसको कार्यान्वयको विषयमा जटिलता सिर्जना भैरहेको प्ररिप्रेक्ष्यमा मंगलबार बस्ने एमाले स्थायी कमिटीले त्यसको अन्त्य गर्ने भएको छ ।

नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । भोलि बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठक एकताको हुने र एमाले पुनस्थापना भएको ६ महिनापछि डा भीमबहादुर रावल लगायत नेताहरू एमालेको औपचारिक बैठकमा सहभागी हुने भएका छन ।

सोमबार बिहानैदेखि एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको छलफलमा यस्तो सहमति जुटेको महसचिव इश्वर पोखरेलले जानकारी दिए । उनले भोलिको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयमा लैजाने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १४:३३