२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सांसद वली र शाहीलाई पदमुक्त नगरेपछि एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध

७ भदाै, काठमाडाैँ । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।

बैठक सुरु हुनासाथ एमालेका सासंदहरुले ‘हाम्रो माग पूरा गर , दलीय मर्यादा कायम गर’ भन्दै नारा लगाएका थिए । एमालेका सासंदहरुले निरन्तर नाराबाजी गरेपछि बैठक दिउँसाे २:३० सम्मका लागि स्थगित गरिएको हाे । शाही र वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै लुम्बिनीमा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १४:१९