२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

रहर लाग्दा नेताले साथ छाडेपछि राष्ट्रपति भण्डारी समक्ष माधव नेपालको रोदन्, बचाइदिनुस्

७ भदौ, काठमाडौँ । एमाले विभाजन गरेर नयाँ दल खोलेका माधवकुमार नेपालले रहरलाग्दा नेता कसैले पनि साथ नदिएपछि पुनः एमालेमै फर्किने वातावरण तयार गरिदिन राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेर आग्रह गरेका छन । सोमबार दिउँसो राष्ट्रपति भण्डारीको निवासमा पुगेर नेपालले आफू समस्यामा परेको भन्दै पुनः एमालेमै फर्किने वातावरण तयार पारिदिन र राजनीतिक भविष्य बचाइदिन अनुरोध गरेका हुन ।

दिउँसो १२ बजेदिख करिब २ बजेसम्म भण्डारीसँग नेपालले एक्लाएक्लै कुरा गरेको स्रोतले जनाएको छ । रहर लाग्दा ५७ नेताले एकसाथ माधव नेपालको पार्टी विभाजनको पक्षमा नलाग्ने तर नेपाललाई एमालेमा फर्किन अनुरोध गरेपछि उनी समस्यामा परेका छन । भूगोल नभएका तर चाकरी गरेर नेताको वरिपरि घुम्ने गणेशप्रवृतिका केही सिपाही बोकेर नेपाल नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

तर निर्वाचन आयोगले पहिलो प्रयासमै चुनाव चिन्ह र प्रस्तावित नाममा दर्ता गर्न अस्वीकार गरेपछि नेपाल विचलित बनेका छन । उपाध्यक्षत्रय डा भीबहादुर रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीसिहत नेपाल ससूहका नेताले एमालेमै रहने र नेपाललाई पनि विस्तारै एमालेमै फर्काउने निर्णय लिएका छन ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १६:०५