३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने बोर्डको तयारी


७ भदाै, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै  गर्ने तयारी गरेको छ । परीक्षा दिने अधिकांश विद्यार्थीले कोरोनाको खोप पाउने भएपछि बोर्डले दशै अगाडी नै कक्षा १२ को परीक्षा लिनेगरि तयारी थालिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

यसअघि साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकुति दिएपछि परीक्षा संचालनबारे १५ दिन अगाडी नै सूचना निकालेर जानकारी दिने परीक्षा नियन्त्रक ले जानकारी दिए ।

शर्माका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा दसैं अगाडि नै परीक्षा संचालन गर्न सकिने बताए । सीसीएमसीले अनुमति दिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाबारे जानकारी दिइने बोर्डको तयारी छ । सरकारले यसै साता मात्रै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई  प्रवेशपत्रको आधारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १३:०८