२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा एमालेका अध्यक्ष ओली र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

७ भदाै, काठमाडाैँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान चौथाइवालेले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीचकाे भेटमा  नेपाल र भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको बताइएकाे छ ।

अध्यक्ष ओलीसँगको भेटपछि चौथाइवालेले ट्वीट गर्दै भनेका छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीजीसँग आज बिहान काठमाडौँमा । हामीले नेपाल–भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल गर्‍यौं ।’आइतबार काठमाडाैँ आइपुगेका आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १२:४९