२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जापानले उपलब्ध गराएको ५ लाख अस्ट्राजेनेका खोप आज नेपाल आइपुग्यो

७ भदौ, काठमाडौँ। जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको छ । उक्त खाेप सोमबार बिहान कतार एयरवेजको विमानमार्फन काठमाडौँ आइपुगेको हो ।

जापानी र कोभ्यास अधिकारीहरुले काठमाडौँ विमानस्थलमा स्वास्थ्य मन्त्रालयका अधिकारीलाई  खोप हस्तान्तरण गरेका छन् । जापानले उपलब्ध गराएको उक्त खोप ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मालका अनुसार जापानले उपलब्ध गराएको उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलाे मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रुपमा दिइने छ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १२:३८