२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

शान्ता चाैधरी भन्छिनः आस्थाले जोडेको सम्बन्ध बिचार मिल्दासम्म जोडिन्छ नमिले तोडिन्छ

६ भदाै, काठमाडाैँ । नेकपा एमालेकी सचेतक शान्ता चाैधरीले माधवकुमार नेपालको सम्बन्धका विषयमा धेरैले नकारात्मक टिप्प्णी गर्न थालेपछि थप स्पष्ट पारेकी छिन । उनले आस्थाले जोडेको सम्बन्ध बिचार मिल्दासम्म जोडिाे र नमिले तोडिने पनि बताएकी छिन ।

चाैधरीले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेकी छिन

बारम्बार मेरो यो एउटा तस्बिर देखाएर व्यक्तिको दास बन्न मनोबैज्ञानिक दबाब दिनेहरूलाइ मेरो आग्रह छ  आस्थाले जोडेको सम्बन्ध बिचार मिल्दासम्म जोडिन्छ तर बिचार नमिलेका दिन तोडिन्छ । बिचारको सम्बन्ध र व्यक्तिगत सम्बन्ध अलग कुरा हो , बिचार नमिल्दा पनि व्यक्तिगत सम्बन्ध र सम्मान रहिरहन्छ । हिजो तलाई गुन लगाउनेको जीवनभर पिछालग्गु हुन पर्थ्यो किन हुन सकिनस ? भन्ने चिन्तनसँग मेरो असहमति छ । राजनीतिक मुद्दामा बहस चलेका बेला यस्ता गैरमार्क्सवादी तर्क गर्नेसँग मलाई दया लाग्छ । अझै जो जसले ब्यक्तिका पछाडि होईन बिचारका पछाडि लाग्नपर्छ भनेर अरुलाइ अर्ती दिने गर्दछन तिनैले यस्ता कु तर्क गरेर सामाजिक सञ्जाल रंगाएको देख्दा त झनै अनौठो लाग्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार २०:४४