२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

गण्डकी प्रदेशमा थप २८८ जनामा काेराेना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

६ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८ हजार ७५७ पुगेको छ । थपिएका संक्रमितमध्ये कास्कीका १७५ जना, म्याग्दीका ३१ जना, तनहुँका २५, स्याङ्जाका २१ जना, गोरखामा १७, लमजुङमा ९, नवलपरासी पूर्वमा ८ र बागलुङमा २ जना रहेका छन् ।

त्यस्तै, काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा गण्डकी थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ३ जना, स्याङ्जाका २ र तनहुँ १ जना र म्याग्दीका १ जना रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १७:४५