३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

६ किसान संगठनद्धारा उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग

६ साउन, काठमाडाैँ । उखु किसानको बक्यौता रकम भुक्तानी गर्न विभिन्न ६ किसान संगठनहरूले माग गरेका छन्। आइतबार ६ किसान संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै चिनी मिलहरूले वर्षौंदेखि रोकिराखेको किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्

अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी केपी यसअघिकाे सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने आश्वासन दिए पनि कार्यान्वयन नगरेको बताएका छन् ।

उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा र सरकारको तर्फबाट प्रदान गर्न माग समेत गरेका छन्।

उनिहरूले किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने चेतावनी दिएका छन्।

प्रकाशित मिति : August 22, 2021 at 5:29 pm