२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मोटरसाइकल दुर्घटनामा पत्रकार राईको मृत्यु

६ भदाै, सोलुखुम्बु । मोटरसाइकल दुर्घटनामा परि सोलुखुम्बु जिल्लामा एक पत्रकारको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–५ कागतेमा मोटरसाइकल दुर्घटना हुँदा माप्य दूधकोशी–२ का ३० वर्षीय पत्रकार सुमन राईको मृत्यु भएको हो ।

सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

राईले ओढेको रेनकोट मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । एक्कासी उनले ओडेको रेनकोटको पछिल्लो भाग मोटरसाइकलमा बेरिएको र रेनकोट घाँटीमा पासो लाग्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी सुकुमाया राईले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १६:११