२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमालेमै रहन र फुटको पक्षमा नलाग्न डा रामकुमार अधिकारीको अपिल

६ भदौ, काठमाडौँ । नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभा सदस्य डा रामकुमार अधिकारीले फुटको पक्षमा नलाग्न नेता कार्यकर्तामा अपिल गरेका छन । विगतमा राजेन्द्र पाण्डे निकट रहेका अधिकारी गत निर्वाचन यता एमालेको मुलधारमा क्रियाशिल रहेका छन ।

अधिकारी बीचमा बामदेव गौतमको पार्टी एकता अभियानको केन्द्रीय सदस्य रहे पनि अहिले एमालेको मुलधारको पक्षमा उभिएका छन । बागमती प्रदेशको पूर्व सामाजिक विकास राज्यमन्त्री समेत रहेका अधिकारीले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘आफ्नो मुल पार्टी नेकपा एमालेमा नै रहन, फुटको पक्षमा नलाग्न र बिश्व कम्युनिस्ट आन्दोलनलाई धोस्त पार्न चाहनेहरुलाई सहयोग पुग्ने गतिबिधि नगर्न सम्पूर्ण नेता, कार्यकर्ता र नेकपा एमालेलाई माया गर्ने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १०:१२